कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई आपत्कालिन प्रयोगका लागि अनुमति



काठमाडौं माघ २ ।
औषधि व्यवस्था विभागले भारतमा निर्माण भइरहेको कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ ।

विभागको शुक्रबार बसेको बैठकले खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिएको सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए । योसँगै ‘कोभिसिल्ड’ नेपालमा आपत्कालिन प्रयोगको अनुमति पाउने पहिलो कोभिड–१९ विरुद्धको खोप बनेको छ ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले निर्माण गरेको खोपको भारतको सेरम इन्सिटिट्युटले उत्पादन गरिरहेको छ । यस खोपको दुई डोज चार देखि १२ हप्ताको अन्तरालमा लगाउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्