पीएम कप क्रिकेटः आर्मीको विजयी सुरुवात, गण्डकी ९८ रनले पराजित



काठमाडौं माघ २ ।

प्रधानमन्त्रीकप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटमा त्रिभूवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

शुक्रबार टीयू मैदानमा भएको खेलमा आर्मीले गण्डकीलाई ९८ रनले पराजित गरेको हो । आर्मीले दिएको २८८ रनको लक्ष्य पछ्याएको गण्डकीले ४७.५ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनायो । गण्डकीका समिर कँडेलले अर्धसतक बनाए । उनी ९० बलमा ५० रन बनाएर आउट भए । यस्तै अर्जुन कुमाल ३६ तथा दिपक डुम्रे २६ रन बनाएर आउट हुँदा कप्तान विपिन खत्रीले ३७ रन बनाए ।

आर्मीका राजेश पुलामीले सर्वाधिक ५ विकेट लिए । यस्तै भिम शार्कीले ३ विकेट तथा आकाश चन्द र रोहित पौडेलले १/ १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको थियो । आर्मीका बिनोद भण्डारीले उत्कृट ब्याटिङ गर्दै सतक प्रहार गरे । उनले ७६ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १११ रनमा नट आउट रहे ।

यस्तै राजु रिजालले ४५ रन बनाए भने लोकेश बमले ४२ रन बनाए । राजेश पुलामीले ३८ रन बनाउँदा हरी कृष्ण झाले रोहित पौडेलले १० तथा भिक शार्कीले १५ रन बनाए । गण्डकीका बिपिन खत्री र बिशाल पौडेलले समान २/ २ विकेट लिए । यस्तै दिपेश खत्री र चन्द्रकान्त पौडेलले १ /१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्