कञ्चनपुरमा ट्याक्टर दुर्घटना, २१ घाइते, ४ को अवस्था गम्भीर



कञ्चनपुर, माघ ४ । कञ्चनपुरको पुनर्वासमा ट्याक्टर दुर्घटना २१ जना घाईते भएका छन । शनिबार बेलौरी नगरपालिकामा पर्ने भकुण्डाबाट पिक्निक खाएर फर्किँदै गर्दा से १ त ६५०६ नम्बरको ट्याक्टर पुनर्वास–२ दुर्घटना भएको हो ।

दुर्घटनामा परेका पुनर्वास–२ सिम्रीका चार जनाको अवस्था गम्भीर छ । अन्य १७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका चारै जनालाई उपचारका लागि धनगढी पठाइएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताउनुभयो ।

दुर्घटना परी १४ वर्षीय जीवन खड्का, १७ वर्षीया कल्पना खाती, २२ वर्षीया शान्ति बोगटी र १५ वर्षीया सुनिता सुनार गम्भीर घाइते भएका हुन् ।

सामान्य घाइते भएकाहरूको आईबिआरडी स्थित पुनर्वास पोलिक्लिनक र पुनित मेडिकलमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले मापसे गरी तीव्र गतीमा सवारी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्