थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टी, ५ जनाको मृत्यु



काठमाडौं माघ ४ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ४०० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ। देशभर ३ हजार ९१९ सक्रिय संक्रमित रहेका छन्। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ५९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्