काठमाडौंको सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी



काठमाडौ,माघ ५ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा सोमबार अपराह्न भीषण आगलागी भएको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले आगलागी भएको जानकारी दिए । आगलागीका कारण खुल्न नसकेको बताए ।

‘आगलागीबारे खुल्न सकेको छैन । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । हामी सबै फिल्डमा छौं। दमकल, स्थानीय बासिन्दा, सुरक्षाकर्मीहरु अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्