बेलायतको राजदूतमा रेग्मी नियुक्त



काठमाडौँ, माघ ५ । बेलायतको राजदूतमा नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि पूर्वमुख्य सचिव रेग्मीलाई नियुक्त गरेकी हुन ।

यसअघि नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदद्वारा राजदूतमा सिफारिस गरिएको थियो। रेग्मीलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्