कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु



काठमाडौं, माघ ५ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ३ सय ६६ थपिएका छन् । सोही समयावधिमा ३ सय ७४  जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७६ हजार ६ सय ४४ संक्रमित भएपनि २ लाख ६१ हजार ८ सय १८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३ हजार ८ सय ६१ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म २० लाख १६ हजार ७ सय ५८ जनाको पिसीआर परिक्षण भएको छ भने  क्वारेन्टिनमा बस्नेको सख्या २२१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्