टोखा नगरपालिका वडा स्तरीय गजराज जोशी फूटबल प्रतियोगिता सुरु



काठमाडौ, माघ ५ । टोखा नगरपालिकामा वडा स्तरीय गजराज जोशी फूटबल प्रतियोगिता सुरु भएको छ।प्रतियोगिता जगराज जोशीको स्मृतिमा टाेखा नगरपालिकास्थित भुतखेलमा सुरु भएको हो।

नगरस्थित वडा नम्बर १ को ‘एसडी ९९ स्पोर्ट्स कर्नर’ को सहयोगमा सुरु भएको प्रतियोगितामा टोखा नगरपालिका प्रमुख प्रमुख प्रकाश अधिकारी र वडा अध्यक्षहरुको आतिथ्यता रहेको थियो। प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले खेल जगतको अमुल्य महत्त्व रहेको बताए।

नगरका प्रमुख प्रकाश अधिकारी फूटबल खेलाडीलाई हस्तान्तरण गर्दै

प्रतियोगिता सहयोगी वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले बद्लिदो मानव सभ्यता बीच खेलकुदले मानव जीवन स्वस्थ्य राख्न मद्दत गर्ने बताए।प्रतियोगितामा वडा नम्बर १,२,३,४,५,६,७ र १० का वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

सोमबारदेखि टोखा नगरपालिका वडा नम्बर ३ को भूतखेल मैदानमा सुरु भएको खेलमा ७ वटा वडाकाे खेल समूहहरु सहभागी रहनेछन। खेल १३ गते सम्म हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्