कपिलवस्तु अस्पतालमा भेन्टिलेटर सहित २५ बढी डाक्टरले सेवा गर्ने



कपिलवस्तु,माघ ६ । सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु अस्पतालले सेवा बिस्तार गर्दै ४ भेन्टीलेर सहीत १० आईसियु बेड सहितका कक्षा संचालनको तयारी गरेको छ । २०२८ सालमा स्थापित तौलिहवा अस्पतालले अहिले भौतिक, मानीवय स्रोत, साधन र सेवामा फडको मारेको छ । अस्पतालले बिषेज्ञष सहितका डाक्टरहरु बढाउदै लगेको छ । अहिले अस्पतालमा २५ बढी डाक्टरहरु छन । तौलिहवा अस्पतालको भौतिक र बिरामीहरुको उपचार सेवा सुबिधाको स्तरमा उल्लेखनीय रुपमा सुधार आएको छ ।

अस्पतालका क्लिनीकल कोडिनेटर डाक्टर गणेश क्षेत्रीले १० बेडको आईसियु संचालनको अन्तिम तयारीमा रहेको बताए । उनले अहिले अस्पतालमा ५० बढी बेड संचालनमा रहेको बताए । ८ बिशेषज्ञ, २ डेन्टल सर्जन, ११ मेडीकल अधिकृत र १ जना एमडि रेजीडेन्ट लगायत गरी २५ जना डाक्टरहरु अस्पतालमा सेवाकालागि उपलब्ध छन । नेत्र रोग, बाल रोगको बिशेषज्ञ सेवा समेत संचालनको तयारी गरिएको छ । प्रयोगशाला, एक्सरे र फार्मेसीलाई २४ घन्टे सेवा दिने गरी बनाइएको छ ।

यस्तै अप्रशेन थिएटर ४ वटा संचालन गर्ने तयारी गरिएको छ । ब्लड बैक अन्ट्रासाउन्ड मेशीन २ वटा संचालन गरिने छ । सामाजिक सेवा ईकाईहरु लैगिीक हिसा सेवा र नवजात शिशु स्हार केन्द्र समेत संचालन गरिनेछ । आख। फिजियो थेरापी, नाक, कान घाटी र डाईलासिस सेवा संचालन गर्ने तयारी रहेको मेडिलक सुप्रीटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले बताए । हाईड्रोशील, हर्निया, ऐपेन्डीसाइटिस, ल्याप्रेटोपी सेवा समेत यस अघि नै अस्पतालमा संचालन भईसकेको छ । १२ करोडको लागतमा डेढ वर्षदेखि अस्पताल आफनो भवनमा संचालनमा आए पछि कपिलवस्तु कै सबैभन्दा सुविधा सम्पन्न अस्पताल भएको मेसु बन्जाडेले बताए ।

हामीले अस्पतालको सेवा सुबिधा बृद्धिकालागि धेरै पलह गरको छौ ’ बन्जाडेल भने ‘ ‘ अहिले अस्पतालको अवस्थामा धेरै सुधार आईसकेको छ, बिरामीहरुले यहीबाट थुप्रै सेवाहरु पाउने गरेका छन ’ उनले भने । महिला अधिकारकर्मी माधुरी श्रेष्ठले अहिले अस्पतालको अवस्थामा धेरै नै सुधार आएको बताईन । ‘ दरबन्दी भन्दा बढी डाक्टर छन, सुबिधा संपन्न बनीरहेका छ, मेशीन औचार पनि धमाधम आएका छन ’ उनले भनिन ‘ अब बिरामीहरुको उपचारमा निकै सजिलो हुन्छ ’ ।

कोरोना प्रयोगशाला संचालन हुँदै

उता कपिलवस्तु नगरपालिका वडा नम्बर ३ कोलेनिकाको किनारमा रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालयमा कोरोना प्रयोगशाला निर्माणको कार्य तिव्ररूपमा अघि बढेको छ । प्रयोगशाला निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले ५० लााख बजेट विनियोजन गरेको छ । यस्तै सांसद बुजेश कुमुार गुप्ताले समेत प्रयोगशाला निर्माणकालागि संसदीय विकास कोषबाट रकम उपलब्ध गराएका छन । प्रयोगशाला निर्माणकालागि स्थानीय उमा पौडेलले १ लाख रुपैया दिएकी थिईन।

कुल १ करोड ३५ लाखमा कोरोना प्रयोगशाला निर्माणको भईरहेको छ । प्रयोगशाला निर्माणकोलागि १० वटै पालिकाले ६ लाखको दरले रकम दिने निर्णय गरे पनि अझै सम्म कहिबाट रकम नआएको मेसु बन्जाडेले बताए । ‘ प्रयोगशाला निर्माणको अन्तिम चरणमा पुगेको छ, अब यस्को संचालनकालागि रकम आवश्यक छ ’ उनले भने ।

आँखा अस्पतालमा अब दैनिक मोतिया बिन्दुको अप्रेशन हुने

तौलिहवा आँखा अस्पतालमा मोतिया बिन्दुको दैनिकरुपमा अप्रेशन सेवा हुने भएको छ । रण अम्बिका शाह,भैरहवा आँखा अस्पतालको चिकित्सकद्वारा दैनिक रूपमा मोतिबिन्दु अप्रेसन र दैनिक ओ पि डि जाँच हुने अस्पतालका ब्यवस्थापक प्रशासन्त कार्कीले बताए ।यस अघि हप्तका एक दिन मात्र अप्रेशन सेवा दिने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्