ललितपुरमा पनि एक दम्पती मृत भेटिए



काठमाडौ,माघ ६ । ललितपुरमा पनि एक दम्पती घरभित्रै मृत भेटिएका छन्। केही दिनअघि काठमाडौँको टोखामा पनि दम्पती घरभित्रै मृत भेटिएका थिए।

ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती निर्मला पोखरेल सोमबार मृत भेटिएका हुन्।

कोठाभित्र स्लफर नामको विषादीको बट्टासमेत फेला परेका कारण आत्महत्या गरेका हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख (एसएसपी) किरण बज्राचार्यले दम्पती मृत भेटिएको र अहिले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्