उच्च हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना



काठमाडौ,माघ ७ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भागमा भूभागमा आंशिक बदली रहेको छ।

बुधवार दिउँसो  प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भूभागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भूभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती  प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का पहाडी भूभागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भूभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्