महाकाली नदीमा चार लेनको पुल



काठमाडौं, माघ ७ । सीमा नदी मानिएको महाकाली नदीपारि कञ्चनपुरको दोधारा–चाँदनी पर्छ । महाकालीमा पुल नहुँदा २०६० सालअघिसम्म दोधारा–चाँदनीका हजारौं बासिन्दालाई आफ्नै जिल्ला सदरमुकाम ओहोरदोहोर गर्न भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो । आफ्नै देशसँग यहाँका बासिन्दा जोडिन पाएका थिएनन् ।

२०६१ सालमा महाकाली नदीमा झोलुंगे पुल बनेपछि मोटरसाइकल, साइकल र पैदल हिँडेर सदरमुकाम ओहोरदोहोर गर्न सहज बन्यो । तर अझै पनि मोटरेबल सडकले दोधारा–चाँदनी देशसँग जोडिन सकेको छैन । अहिले पनि जिप, कार, बस, ट्रकलगायत सवारीसाधन भारतकै बाटो भएर ओहोरदोहोर गर्नुपर्ने अवस्था छ । तर अहिले गौरवको आयोजनाको रुपमा महाकाली नदीमा चार लेनको पुल निर्माण भइरहेको छ । पुल निर्माण करिब आधाभन्दा बढी सकिएको छ ।

यो पुलले दोधारा चाँदनीका हजारौं बासिन्दालाई आफ्नै भूमिको मोटरेवल सडकबाट सदमुकाम र देशसँग जोड्ने मात्र छैन, सुदूरपश्चिम प्रदेशकै भारतसँगको महत्पूर्ण नाका जाडिने छ । महत्वपूर्ण नाका जोडिएर औद्योगिक, व्यावसायिक र पर्यटकीय विकासमा कोसेढुंगा सावित हुने स्थानीयको विश्वास छ ।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्