मलेशियाका अस्पतालमै ३५ नेपालीका शव अलपत्र



मलेशिया माघ ७ ।

मलेशियामा मृत्यु भएका कैयौँ नेपाली कामदारका शवहरू अलपत्र परेका छन् ।
वैदेशिक रोजगारमा गएर विभिन्न कारणले मृत्यु भएका ३५ नेपालीको शवहरू विभिन्न अस्पतालमा अलपत्र परेका हुन्। कोभिड १९ का कारण आवतजावतमा कडाइ भएकाले मलेशिया र नेपालबीच हुने नियमित उडानहरू नहुदा ती शव हरु पठाउन नसकेको मलेशियास्थित नेपाली दूतावासले बताएको छ ।

दूतावासले अहिले भइरहेका उडानहरूमा पनि कम्पनीले साना जहाज मात्र उडाइरहेकोले नेपाल वायुसेवा निगमको ठूलो वाइडबडी जहाज पठाइदिन आग्रह गरेको छ ।
मलेशियामा दुर्घटना, हृदयाघात, विभिन्न रोग र आत्महत्या लगायतले ज्यान गुमाउनेहरु रहेका छन् ।कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएकाको उतै अन्तिम संस्कार गर्ने गरिएको छ । बोर्डको तथ्याङ्क अनुसार गत वर्ष मलेशियामा १७६ जना नेपाली कामदारको निधन भएको थियो।त्यसमध्ये एकजना महिला थिइन् भने अरू सबै पुरुष रहेका थिए।
गत वर्ष विभिन्न देशमा गरेर कुल ६५६ जना वैदेशिका रोजगारमा रहेका नेपाली कामदारहरूको निधन भएको बोर्डको तथ्याङ्क रहेको छ।

प्रतिक्रिया दिनुहोस्