थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टी, ६ जनाको मृत्यु



काठमाडौं माघ ७ ।

पछिल्लो २४ घण्टामा ३ सय १८ जना कोरोना संक्रमित थपिएका छन् ।

५ हजार १२ जनाको पीसीआर परीक्षण गर्दा ३ सय १८ जना संक्रमित थपिएका हुन । संक्रमित मध्ये १ सय १२ जना महिला र २ सय ६ जना पुरुष रहेका छन् ।

काठमाडौं उपत्यकामा मात्रै १ सय ४५ जना संक्रमित भएका छन् । जसमा महिला ५८ जना र पुरुष ८७ जना रहेका छन् । ३ सय ८३ जना भने निको भएका छन् । पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार ९ सय ७५ जना रहेका छन् ।

नेपालमा हालसम्म २ लाख ६८ हजार ३ सय १० जना संक्रमित भएका छन् भने २ लाख ६२ हजार ६ सय ४२ जना निको भएका छन् । निको हुने दर ९७ दशमलव ९ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्