भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु



पाल्पा माघ ७ ।

पाल्पामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान भान्साकोठामा राखेको बन्दुक पड्किँदा पूर्वखोला गाउँपालिका २ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । एक्कासी ठूलो आवाज आएपछि हेर्न जाँदा नरबहादुरको मृत्यु भइसकेको अवस्थामा भेटिएको मृतकका दाजु नरबहादुर सारुले जानकारी दिए ।

मृतक वीरबहादुरले एकनाले भरुवा बन्दुक ल्याएर आफ्नै घरको भान्सा कोठामा राखेको बुझिएको प्रहरीले जनाएको छ । बन्दुक नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्