भारतले नेपालका लागि दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आईपुग्यो



काठमाडौं माघ ८ ।

भारतले नेपालका लागि दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप बिहिवार नेपाल आईपुगेको छ ।

भारतले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप एयर इन्डियाको जहाजबाट काठमाडौं आइपुगेको हो । नेपाल आइपुगेको कोरोनाविरुद्धको खोप भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गर्ने बताइएको छ ।

काठमाडौं आइपुगेको कोरोनाविरुद्धको खोपलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा राखिने भएको छ । स्वास्थ्य सेवा विभागमा भण्डारण गरि राखिएको खोप हरेक प्रदेशमा भ्यानबाट लगिने जनाइएको छ ।

भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्