चीनसँगको प्रमुख नाका तातोपानी फेरि बन्द



काठमाडौं माघ ८ ।

चीनसँगको प्रमुख नाका तातोपानी फेरि बन्द भएको छ ।

बिहिवारदेखी २० दिनका लागि तातोपानी नाका बन्द भएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न आजदेखि नाका बन्द गर्ने जानकारी चिनियाँ पक्षले यसअघि नै दिइसकेको थियो ।

बाढीले क्षति पु-याएको पुल पुनर्निर्माण गर्न २० दिन लाग्ने जानकारी आएको तातोपानी भन्सार कार्यालयका प्रमुख खत्रीले जानकारी दिए । पहिलेकै बाढीले क्षति पु-याएको पुलको एक भागमा यस वर्षको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको हो ।

यो नाकाबाट कार्तिक महिनायता एक हजारभन्दा बढी सामान बोकेका कन्टेनर नेपाल भित्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्