नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ७९९



काठमाडौ,माघ ९ । नेपालमा बिहिवार दिउँसोसम्म थप ३३६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय अनुसार बिहिवारको पछिल्लो २४ घण्टामा देशभर थप ३३६ जना मा कोरोना पुष्टि भएको हो । यसंगै नेपालमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।

यसैगरि बिहिबार दिउँसोसम्म थप २२६ जना संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा हालसम्म २ लाख ६२ हजार ८६८ जना संक्रमण मुक्त भएका छन् ।

हालसम्म नेपालमा ३ हजार ७ सय ९९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९७९ पुगेको छ । बिहिवारको पछिल्लो २४ घण्टामा कोरोनाको कारण ४ जनाको मृत्यु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्