पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउने स्वास्थ्यकर्मीको विवरण तीन दिनभित्र संकलन हुने



काठमाडौं माघ ९ ।

पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने स्वास्थ्यकर्मीको विवरण संकलन तीन दिनभित्र हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि लिखित माध्यमबाट तयार गरेको सूचीमा व्यक्तिको पूरा विवरण नआएकाले अनलाइन प्रक्रियाबाट संकलन गर्न लागिएको हो ।

अनलाइनमार्फत विवरण संकलन गर्न तीन दिन लाग्ने मन्त्रालयको सूचना शाखाले जनाएको छ । खोप सचिवालयले गएको पुस २६ गते खोप लगाउनेको नामावली आइपुगिसकेको जानकारी दिएको थियो । पूरा विवरण नभएकाले अनलाइन माध्यमबाट फेरि संकलन गर्न लागिएको हो ।

सरकारले पहिलो चरणमा स्वास्थयकर्मी, सफाइकर्मी र अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई खोप दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्