बीबीएल टी–ट्वान्टी क्रिकेटमा सन्दीप आबद्द होबार्ट पराजित



एजेन्सी माघ ९ ।

अष्ट्रेलियामा जारी बिग बास लिग बीबीएल टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्स पराजित भएको छ ।

मेलबर्नमा शुक्रबार भएको खेलमा होबार्ट पर्थ स्कर्चर्ससँग २२ रनले पराजित भएको हो । पर्थले दिएको १ सय ८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको होबार्टले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।

होबार्टका लागि डीआर्ची शर्टले सर्वाधिक ४३ रन बनाए । यस्तै पिटर ह्यान्डकम्पले ३० रन जोड्दा टिम डाभिडले २७ रन जोडे । विल ज्याक्स २१ रनमा आउट भए । पर्थका जे रिचार्डसनले ४ विकेट लिए । जासनले २ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पर्थले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । पर्थका लागि जोश इन्लिशले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । लियाम लिभिङस्टोनले २६ रन जोड्दा जासन रोयले २० रन बनाए । एस्टन टर्नर १५ रनम आउट हुँदा जे रिचार्डसनले २९ रन बनाए । होबार्टका नाथन एलिसले ४ विकेट लिए । सन्दीप लामिछानेले २ विकेट लिए ।

सन्दीपले ४ ओभरमा २७ रन खर्चिएर २ विकेट लिएका हुन् । जितसंगै पर्थले १२ खेलमा २८ अंक जोडेको छ । पर्थ दोस्रो स्थानमा रहेको छ । सन्दीप आबद्द होबार्ट १२ खेलमा २३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्