प्रधानमन्त्रीकप क्रिकेट : वाग्मतीको लगातार तेस्रो जित, प्रदेश १ पनि विजयी



काठमाडौं माघ ९ ।

प्रधानमन्त्रीकप एक दिवसिय राष्ट्रिय पुरुष क्रिकेटमा वाग्मतीले शुक्रबार लगातार तेस्रो जित निकालेको छ ।

मुलपानीमा भएको खेलमा वाग्मतीले प्रदेश नम्बर–२ लाई ६ विकेटले पराजित गरेको हो । पहिले व्याटिङ गरेको प्रदेश–२ ले तयार पारेको १ सय ८० रनको चुनौतीलाई वाग्मतीले ४८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

विजयी टिमका लागि लयमा देखिएका पृथु बाँस्कोटाले ५३ रन बनाए । उनको यो लगातार दोस्रो अर्धशतक हो । प्रतियोगिताको टीयू मैदानमा शुक्रबारकै अर्को खेलमा प्रदेश–१ ले कर्णाली प्रदेशलाई ५९ रनले हरायो । प्रदेश १ ले पहिले ब्याटिङ गर्दै २ सय १६ रनको लक्ष्य बनाएको थियो ।

जवाफमा कर्णाली ३५ ओभरमा अलआउट भयो र उसले १ सय ५६ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस्