टोखा गेटमा टिप्पर र मोटरसाइकल ठोकिँदा सञ्जितको ज्यान गयो



काठमाडौ, माघ ९ । काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा टोखा –९ गोँगबुका १७ वर्षीय सञ्जित महर्जन रहेका छन् । टोखा नगरपालिका–३ टोखागेट नजिक सडकमा वाग्मती ०२–०२ प २०४२ नम्बरको मोटरसाइकल र बा ४ ख ३१०७ नम्बरको टिपर एक आपसमा ठोकिँदा महर्जनको बिहीवार राति मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका महर्जनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हुँदा टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्