यस्ता व्यक्तिले प्रयोग गर्नु हुन्न भारतमा उत्पादित कोरोना खोप



एजेन्सी, माघ १० । कोरोना भाइरसविरुद्वको भारतीय कम्पनी सेरम इन्सटिच्युटको काभिसिल्ड र भारत बायोटेकद्वारा निर्माण भएको कोभ्याक्सको प्रयोग धमाधम भारत र छिमेकी देशहरुमा भइरहेको छ । यो खोप कम आर्जन भएका देशले पनि पाएपछि विश्वभर चासो बढेको छ ।

तर, खोपले केही मात्रामा खतरा र साइड इफेक्ट समेत देखाएको छ । खोप उत्पादक कम्पनीहरुले क–कसले यी भ्याक्सिनलाई प्रयोग गर्ने र क–कसले उक्त भ्याक्सिन प्रयोग गर्न नपाउने विषयमा जानकारी दिएका छन् । यी भ्याक्सिन शत प्रतिशत प्रभावकारी नभएको कारण उक्त भ्याक्सिन कम्पनीले कस्ता समूह र क–कसले प्रयोग गर्ने विषयमा जानकारी दिएको हो ।

भारत वायोटेकको कोभ्याक्सिन प्रयोग गर्न नपाउने व्यक्ति

  • जुन व्यक्तिले पहिले देखि कुनै प्रकारको रोगको औषधी सेवन गरिरहेको
  • कुनै प्रकारको एलर्जी पहिले देखिएको
  • ज्वोरा आएको
  • रगत बग्ने
  • पेटमा समस्या भएको
  • गर्भवती
  • शिशुलाई दुध खुवाइरहेकी
  • अन्य कोरोना भाइरसविरुद्धको खोप लगाएको

त्यस्तो व्यक्तिको प्रतिरक्षा प्रणाली कमजोर हुने कारण कोभ्याक्सिन लगाउन प्रतिबन्ध गरिएको छ । कम्पनीले अहिले सम्म कुनै गर्भवती महिलमाथि कोभ्याक्स प्रयोग नगरेको जनाएको छ

सेरमद्वारा उत्पादन गरिएको कोभिसिल्डलाई क–कसले प्रयोग नगर्ने

  • कुनै प्रकारको एलर्जी भएको
  • खोपको पहिलो डोज लगाएपछि कुनै प्रकारको रिएक्शन देखिए
  • १८ वर्ष भन्दा मुनीका कुनै महिला गर्भवती
  • शिशुलाई दुध खुवाएकी

कुनै व्यक्तिले खोप लगाउन अगावै व्यक्तिको सम्पुर्ण मेडिकल हिस्ट्री देखाउन र जाँच गर्न आवश्यक रहेको दुवै कम्पनीले प्रष्ट पारेको छ ।

यी दुई कम्पनीको पहिलो चरणको खोप नेपामा समेत भित्रिएको छ । भारतले नेपाललाई कोरोना भाइरसको १० लाख डोज प्रदान गरेको छ । नेपालले समेत अगामी सातादेखि खोपको अभियान सुरु गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्