प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिममाथि लुम्बिनीको ६ विकेटको जित



काठमाडौं माघ १० ।

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

सुदूरपश्चिमले दिएको ६३ रनको लक्ष्य पछाएको लुम्बिनीले १४।५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । लुम्बिनीको जितमा सौरभ खनालले १८ रन बनाए भने प्रकाश केसीले १७ रन बनाए । त्यस्तै कृष्ण कार्कीले १५ रन बनाए ।

सुदूरपश्चिमका शेर मल्लले २ विकेट लिए भने विनोद लामाले एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २७।४ ओभरमा अलआउट हुदै ६२ रन मात्र बनाएको थियो । सुदूरपश्चिमका लागि नारायण जोशीले १७ रन बनाए भने कप्तान सन्तोष भट्टले ११ रन बनाए ।

त्यस्तै सुदूरपश्चिमका अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए । सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका कृष्ण कार्कीले ४ विकेट लिए भने अनिल खरेल र बिक्रम भुसालले २९२ विकेट लिए । त्यस्तै सन्दीप सुनार र दिपेन्द्र रावतले एक एक विकेट लिएका थिए ।

यो जितसँगै प्रतियोगितामा लुम्बिनी प्रदेशले अहिलेसम्म खेलेका ३ खेलमा दुई खेल जितेको छ र एक खेलमा हार बेहोरेको छ । त्यस्तै सुदूरपश्चिमले भने खेलेका तिनै खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्