बागलुङ बजार प्रवेश गर्ने चोकमा शंकास्पद वस्तु फेला



बागलुङ माघ १०।

बागलुङ नगरपालिका वडा नम्वर ३ हाडेपाखा स्थीति मध्यपहाडी लोकमार्गमा बम जस्तै देखीने शंकास्पद वस्तु फेला परेको छ ।

मध्यमहाडी लोकमार्ग वाट बागलुङ बजार प्रवेश गर्ने चोकमा तार निस्किएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो । शनिबार बिहान सडकमा हिँड्ने मानिसले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बम राखोको २०० मिटर वरपर खाली गराएर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिइएको थियो । शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको नेपाली सेनाले बताएको छ । मध्यपहाडी लोकमार्ग नजिकै बम राखिएको हल्लाले सडक अवरुद्ध भएको छ । कसले र किन राखेको भन्ने खुलेको छैन ।

आज सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेकपाले नेपाल बन्द गरेको छ । नेपाल बन्दको बागलुङमा पुर्ण प्रभाव परेको छ । निजी र दुई पांग्रे सवारी छिटफुट रुपमा चलेपनि सार्वजनिक यातायातका साधन भने ठप्प भएका छन् । बागलुङ बजारपुर्ण रुपमा बन्द रहेको छ ।

प्रतिक्रिया दिनुहोस्