प्रधानमन्त्रीकप क्रिकेट कर्णालीलाई हराउँदै एपीएफ सेमिफाइनलमा



काठमाडौं माघ १० ।

कर्णाली प्रदेशलाई ७१ रनले हराउँदै सशस्त्र प्रहरीको एपीएफ प्रधानमन्त्रीकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

कीर्तिपुर मैदानमा एपीएफले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको कर्णाली १ सय ४७ रनमा अलआउट भयो । कर्णालीका लागि हेमन्त ओलीले सर्वाधिक ५८ रन बनाए पनि जितको लागि पर्याप्त भएन । कर्णालीलाई १ सय ४७ रनमा आउट गर्न एपीएफका बसन्त रेग्मी र किशोर महतोले ३र३ तथा भुवन कार्कीले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको एपीएफले सन्दिप जोराको ६० रन मद्दतमा २ सय १८ रन बनाएको थियो । आजको नतिजासँगै समूह ए बाट आर्मी र एपीएफ सेमिफाइनलमा पुगेका छन् । कर्णाली, प्रदेश एक र गण्डकी बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्