नुवाकोट किस्पाङका १६० घरपरिवारलाई न्यानो कपडा वितरण



नुवाकोट माघ १० ।

नुवाकोटको किस्पाङ गाउँपालिकाका १६० घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

हाम्रो टिम नेपालद्वारा किस्पाङ वडा नं २ र ३ का दलित, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति,असहाय तथा एकल महिलालगायतका करिब १६० घर परिवारका लागि न्यानो कपडा सिरक, डस्ना वितरण गरिएको हो ।

न्यानो कपडा किस्पाङ, काहुलेमा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाली कांग्रेस नुवाकोट सभापति जगदीशश्वर नरसिंह केसीबाट वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्