श्रीमान्ले बन्चरो प्रहार गर्दा श्रीमतीको मृत्यु



सिन्धुली माघ १० ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१, चिसापानीमा श्रीमान्ले बन्चरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । चिसापानी बस्ने अन्दाजी ३६ वर्षीया रमामाया घलानलाई ४० वर्षीय शेरबहादुर भुजेलले बन्चरोले हिर्काउँदा रमामायाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीले दिएको जानकारीअनुसार गए राति शेरबहादुरले रमामायालाई बन्चरोले टाउकोमा हिर्काएका थिए ।

श्रीमान्को कुटाइबाट गम्भीर घाइते भएकी रमामायाको जिल्ला अस्पताल हेटौँडा, मकवानपुरमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । बन्चरो प्रहार गर्ने भुजेल घटनापछि फरार रहेकाले खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्