मेलम्ची सुरुङमार्गको काम सफलतातर्फ अघि बढेको छ : खानेपानीमन्त्री मणिचन्द्र थापा



काठमाडौं माघ ११।
खानेपानीमन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गरेका छन् ।

उनले आइतबार मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुन्दरीजल क्षेत्रमा निर्माणाधीन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गरेका हुन् । अवलोकन गर्दै मन्त्री थापाले सुरुङमार्गको काम सन्तोषजनक भएको बताए । अवलोकनपछि मन्त्री थापाले सुरुङ निर्माणको काम प्राविधिक रुपले सफलतातर्फ गइरहेको अनुभूति भएको बताए ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले सुरुङको काम सम्पन्न भइसके पनि परीक्षणअघि विज्ञ समूहलाई निरीक्षण गराएको र उक्त समूहको सुझावका आधारमा सुरुङको दिगोपनाका लागि केही सुधार गर्नुपर्ने भएकाले हाल ती काम भइरहेको बताए ।

सुरुङमा थालिएको सुधारको काम तीन सातामा सकेर फागुन पहिलो साताबाट पानी पठाइ परीक्षणको काम सुरु गरिने पनि कार्यकारी निर्देशक खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्