होबार्टले सिड्नीलाई हरायो, सन्दीपले लिए २ विकेट



काठमाडौं माघ ११ ।
बिग बाश लिगमा नेपालका सन्दीप लामिछाने आबद्ध होबार्ट हरिकेन्स विजयी भएको छ । आइतबारको खेलमा हरिकेन्सले सिड्नी सिक्सर्सलाई सात रनले पराजित गरेको हो ।

हरिक्यान्सले दिएको एक सय ८९ रनको लक्ष्य पछ्याएको सिड्नी २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८१ रनमा समेटियो । सिड्नीका लागि जोर्डन सिल्कले ७८ मोयसिस हेरनिक्विसले ४३ रन बनाए । हरिक्यानसका लागि सन्दीप लामिछानेले चार ओभर बलिङ गर्दै २४ रन दिएर दुई विकेट लिए । त्यस्तै नाथन इलिसले तीन तथा स्कट बोल्याण्डले दुई विकेट लिए ।

यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको होबार्टले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै एक सय ८८ रन बनायो । होबार्टका लागि म्याथ्यु वेडले ८६ र डार्सी शर्टले ७२ रन बनाए । सिड्नीका लागि सेन एबट, बेन ड्वार्श्विस र ज्याक बलले समान दुई–दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्