‘यो दाजुको मिर्मिरे आँखा’ का गायक तथा संकलकको निधन



काठमाडौ,माघ १२ । ‘यो दाजुको मिर्मिरे आँखा, कस्तो मेरो बिगार्यो दिमाग नरोउ मायालु…’लगायतका दर्जनौं लोकगीतका सर्जक अग्रज कलाकार, सारंगीवादक धनबहादुर गन्धर्वको निधन भएको छ ।

गन्धर्वको पोखराको मनिपाल अस्पतालको आइसीयुमा उपचारको क्रममा निधन भएको हो ।

कास्कीको बाटुलेचौरमा जन्मेका गन्धर्व पछिल्लो समय नयाँ पुस्तालाई सारङगी संगीतको ज्ञान हस्तान्तरण अभियानमा सक्रियताका साथ लागिपरेका थिए । त्यसका लागि उनले पोखरामै राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशाला प्रतिष्ठानको स्थापना गरेका थिए ।

प्रतिष्ठानको उनी अध्यक्ष तथा सङ्गीत शिक्षक समेत थिए । पाठशालामा उनले गन्धर्वका सन्तति र अन्यलाई निःशुल्क सङ्गीत सिकाउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्