अमेरिकी राजदूत बेरी र अध्यक्ष दाहालबीच भेटवार्ता



काठमाडौ,माघ १२ । अमेरिकी राजदूत बेरी र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल बीच सोमबार बिहान खुमलटाररमा भेटवार्ता भएको हो ।

भेटमा राजदूत बेरीले प्रजानन्त्रलाई बलियो बनाउन, जलवायु परिवर्तनसँग जुध्न र संसारभर महिला र बालिकाको अधिकारका लागि अमेरिका प्रतिबद्ध रहेको बताए ।

अमेरिकामा जो बाइडेन नयाँ राष्ट्रपति बनेपछि नेपालस्थित अमेरिकी दूतले भेटघाट बढाएका छन् । यसअघि राजदूत बेरीले माघ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्