मंगलबारको मौसम यस्तो छ



काठमाडौ, माघ १३ । हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ ।

मंगलवार देशका प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भूभागहरूमा आंशिक बदली रहि उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ भने बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती प्रदेश नम्बर १, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशको भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्