महिला लिगमा पुलिस वालिङसँग बराबरीमा रोकियो



काठमाडौं माघ १३ ।

राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोली नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिकाले बराबरी खेलेका छन् ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा मङ्गलबार भएको खेलमा पुलिस र वालिङले एक–एक गोलको बराबरी खेलेका हुन् । दुवै टोलीले खेलको दोस्रो हाफमा गोल गरेका हुन् ।

खेलको ५२ औँ मिनेटमा वालिङका मिठु एलायबले गोल गरिन् । खेलको ६५ औँ मिनेटमा रेखा पौडेलले पुलिसका लागि बराबरी गोल फर्काइन् । बराबरीसँगै पुलिसले तीन खेलमा पाँच अङ्क जोडेको छ । वालिङले तीन खेलमा दुई अङ्क जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्