प्रधानमन्त्री ओली खोप कार्यक्रम निरीक्षण गर्न टिचिङ जाँदै



काठमाडौं माघ १४ ।
प्रधानमन्त्री केपी शर्मा ओली कोभिड विरुद्धको खोप कार्यक्रम निरीक्षण गर्न अहिले त्रिवि शिक्षण अस्पताल जाँदै छन्।

प्रधानमन्त्री अहिले साढे ११ बजे शिक्षण अस्पताल महाराजगञ्ज पुग्ने जनाइएको छ। आजदेखि देशव्यापी रुपमा कोभिड विरुद्ध खोप अभियान सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुरू गरेका छन्।

खोप अभियानको शुरूआत गर्दै कोभिड-१९ विरुद्वको लडाइँलाई नयाँ चरणमा उठाएको उनले बताए। उनले छोटो चरणमै देशव्यापी रुपमा खोप अभियान शुभारम्भ गरेको बताए।

प्रतिक्रिया दिनुहोस्