पहिलो दिन करिब १० हजार जनाले लगाए कोरोना खोप



काठमाडौं माघ १४ ।

बुधबारदेखि कोरोना खोप अभियान सुरु भएको नेपालमा पहिलो दिन करिब १० हजार जनाले खोप पाएका छन् ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बेलुकी ५ बजेसम्म ९ हजार ८४ जनाले कोरोना खोप लगाएका हुन्।

प्रदेश १ मा १२५५ जनाले, प्रदेश २ मा ७२६ जनाले, बागमतीमा २६९४ जनाले, गण्डकीमा १८४३ जनाले, लुम्बिनीमा ७३३ जनाले, कर्णालीमा ७५१ जनाले र सुदूरपश्चिममा १०८२ जनाले कोरोना खोप लगाएका छन्।

मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै खोप अभियान सफलतापूर्वक सञ्चालन भएको र खोप लगाइएका व्यक्तिहरुमा कुनै किसिमको स्वास्थ समस्या नदेखिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्