कटुवा पेस्तोलसहित लैनचौरबाट एक जना पक्राउ



काठमाडौं माघ १४ ।

लैनचौरबाट कटुवा पेस्तोलसहित एक पक्राउ परेका छन्।

सशस्त्र प्रहरी(एपिएफ)ले काठमाडौं महानगरपालिका-२६ लैनचौर क्षेत्रबाट बुधबार एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो।

प्रहरी निरीक्षक सुमन शर्माका अनुसार पक्राउ पर्ने सिन्धुपाल्चोक भोटेचौर गाउँपालिका-३ घर भई सामाखुसी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृष्ण चौलागाईं रहेको प्रहरी निरीक्षक सुमन शर्माले बताए ।

एपिएफ इन्टेलिजेन्स ब्युरोले विशेष सूचना पाएको थियो। सोही सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गुल्मबाट खटिएको टोलीले लैनचौरबाट चौलागाईंलाई पक्राउ गरेको हो।

पेस्तोलमा प्रयोग हुने एक गोली र मोबाइल फोन पनि बरामद भएको छ। थप अनुसन्धान गर्न एपिएफले उनलाई नेपाल प्रहरीसमक्ष बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्