थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ९६ जना डिस्चार्ज



काठमाडौं माघ १५ ।

बिहिबार नेपालमा ३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २०३ रहेको छ ।

पछिल्लो २४ घण्टामा २९६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ।

यस्तै हालसम्म ११३ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ६० हजार ८६० जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्