सरकारले खुलायो चीन र भारततर्फका ३० नाका



काठमाडौं माघ १६ ।

सरकारले कोभिड १९ संक्रमण रोक्न बन्द गरेका सीमानाका खुला गरेको छ।

गृह मन्त्रालयले भारत र चीनसँग सीमा जोडिएका जिल्लाहरुमा पत्राचार गर्दै नाका खुल्ला गर्न निर्देशन दिएको हो। मन्त्रिपरिषद्को बैठकले निर्णय अनुसार मन्त्रालयले पत्रचार गरेको हो। नेपालले गएको चैत पहिलो साताबाट भारतसँगको नाका केही नाका बन्द गर्ने निर्णय गरेको थियो। पछि भारतबाट हवाइ तथा अरु बाँकी स्थल नाका पनि बन्द गरिएको थियो।

पछिल्लो पटक सरकारले भारत र चीनसँग जोडिएका ३० वटा नाका खुल्ला गर्न निर्देशन दिएको हो। जसमा भारतसँग सीमा जोडिएका २८ वटा र चीनसँगका २ वटा नाका रहेका छन्। यसरी नाकाबाट आउनका लागि नेपालीको हकमा भने आवश्यक रेकर्ड राखेर स्वास्थ्य परीक्षणपछि मात्र आउने व्यवस्था मिलाइएको छ। स्वास्थ्य चेक गर्दा केही लक्षण देखिएमा उनीहरुलाई क्वारेन्टाइनमा राखिने प्रवक्ता बुढाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्