खोपको जोहोमा सरकार : एडीबीसँग १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋणका लागि सम्झौता



काठमाडौं,साउन २८। चैतसम्म सबै नागरिकलाई खोप लगाउने लक्ष्यका साथ अघि बढेको सरकारले खोप किन्नका लागि स्रोतको जोहो गर्ने कार्यलाई तीव्रता दिएको छ ।

सबै नागरिकलाई निःशुल्क खोप दिने उद्देश्यले कोभिड–१९ विरुद्धको खोप किन्नका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।

बुधवार अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यो सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिडविरुद्धको खोप किनी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन् । एडीबीले डिसेम्बर २०२० मा ९ अर्ब डलरको एशिया प्यासिफिक खोप पहुँच सुविधा कार्यक्रम सार्वजनिक गरेको थियो । नेपाल सरकारको प्रस्तावमा यही कार्यक्रमअन्तर्गत रहेर एडीबीले नेपाललाई यो ऋण दिनेगरी सम्झौता गरेको हो । एडीबीका अनुसार एशिया प्यासिफिक क्षेत्रका देशमा खोपको पहुँच पुर्‍याउने एडीबीको कार्यक्रम छ ।

ऋण सम्झौतासम्बन्धी कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताका लागि एशियाली विकास बैंकको यो सहायता महत्त्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रका पुनरुत्थानमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे ।

खोप कार्यक्रम सरकारको उच्च प्राथमिकताको विषय भएको जानकारी गराउँदै उनले यसमा एशियाली विकास बैंकको ऋण सहायताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड–१९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे ।

उनले कोभिड–१९ संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैंकले पु¥याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने आश्वासन दिए ।

एशियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलाई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड–१९ विरुद्ध जनचेतना पैmलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ । गत साउनको पहिलो साता एडीबीको बोर्ड बैठकले अर्थ मन्त्रालयले खोप किन्नका लागि माग गरेको नेपालको ऋणसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको थियो । ऋण अनुमोदनपछि एडीबीका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन नेपालका निम्ति खोप उपयोगी हुने विश्वास व्यक्त गरेका थिए । उनले जीवन रक्षाका निम्ति अत्यावश्यक खोप किन्न तथा आप्mना नागरिकहरूलाई संक्रमणबाट बचाउन शीघ्र खोप किनी नागरिकलाई लगाउन अपरिहार्य भएको समेत बताएका थिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्