नुवाकोटमा कालो नकाबधारीको आतंक



नुवाकोट,जेठ २० । केही समय यता जिल्लाको विभिन्न स्थानमा कालो नकाबधारीहरुले आतंक मच्चाइरहेका छन् ।

शुक्रबार विदुर नगरपालिका–८ पिडालुबारीमा समेत सो दृश्य देखिएको हो । कालो पोशाकमा एक कालो रङ मुखमा लगाएका ब्यक्ति देखा परे । केहि स्थानीयको सक्रियतामा लखेटेका छन् ।

गाउँमा सुरक्षाका लागि नगर प्रहरीहरु खटाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटका केही स्थानमा नकावधारीहरुले आतंक मच्चाईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्