सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 



काठमाडौं,चैत २४ । सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । 

सोमबार प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने ४० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ८ २० रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया दिनुहोस्