छहरे-टोखा सडकमा पिकअप दुर्घटना
नुवाकोट,जेठ २० । छहरे-टोखाको सडकमा स्कार्पिओ पिक अप दुर्घटना भएको छ । सडक खण्डको जगतमाथि पानी खाने धारो नजिकै पिक अप दुर्घटना भएको हो । बा १४ च ९४ पिकअप दुर्घटना भएको हो।
भञ्ज्याङ्देखि जगतसम्म हालै थप भएको ड्रेनका कारण पछिल्लो समय दुर्घटना बढ्न थालेको स्थानीयले बताएका छन् ।
भिरालो ढलान सडक फराकिलो बनाउने भन्दै साघुरोसंगै डेन भित्र निर्माण गरिएकाले चालकले सवारीसाधन चलाउदा संयमता अपनाउनु पर्ने देखिन्छ । सो दुर्घटनामा चालक सामान्य घाइते भएका छन् ।

