गुल्मीमा ई-पासपोर्ट लिन प्रि-इनरोलमेन्ट फारम पनि प्रशासनमै भरिदिने



गुल्मी,जेठ २० । विद्युतीय राहदानी (ई-पासपोर्ट) सेवा दिन थालेपनि सेवाग्रहीले चाहेको बेला सेवा लिन नपाउदा समस्या हुँदै आएको थियो । तर गुल्मी जिल्ला प्रशासन कार्यालयले भने सेवाग्रहरीको सहजताको लागि सुरुको प्रि-इनरोलमेन्ट काम पनि प्रशासनले गर्ने भएको छ । अब सेवाग्रहीले माग अनुसार सेवा पाउन सहज हुने भएको छ । विद्युतीय राहदानी (ई-पासपोर्ट) लिन सुरुमा आफैलो वा साइबरबाट फम भरेर तोकेको दिन फम लिएर जानुपर्ने हुन्छ ।

तर सुरुकै फारम भर्न नपाउदा कैयौं नागरिक सेवा लिनबाट बञ्चित छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले सुरुकै प्रि-इनरोलमेन्ट काम पनि गर्ने भएको हो । जसले गर्दा सेवाग्रहीले फारम भर्न दिन कुर्न नपर्ने भएको छ । जिल्ला र जिल्ला बाहिरबाट आउने सेवाग्रहीले फारम भर्न नपाएको र बाहिर फारम भर्दा चर्को मुल्य तिर्न परेको गुनासो आएपछि प्रशासनले प्रि-इनरोलमेन्ट काम पनि गर्ने भएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । परिक्षणको क्रममा रहेकाले यसलाई दिर्घकालीन रुपमा लैजान तर्फ ध्यान केन्द्रित गर्ने पौडेलले बताए ।

फारम भर्न सक्नेहरुले आफैले पनि फारम भरेर आउन प्रमुख जिल्ला अधिकारी पौडेलले आग्रह गरे । सुरुकै फारम भर्न नसक्नेहरुले आबश्यक काजपत्र लिएर प्रशासनमा आइसकेपछि सिधैं राहदानीको काम गर्न सकिने भएको छ । जसले गर्दा चर्को मुल्य तिनुपर्ने र राहदानी बनाउनकै लागि फारम भर्ने दिन कुरेर बस्न नपर्ने पौडेलले बताए । वैदेशिक यात्राका लागि यसअघि मशीन रिडेबल पासपोर्ट (एमआरपी) प्रयोग हुँदै आएकोमा सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) कार्यान्वयनमा ल्याएको छ । तर यो सेवा सेवाग्रहीको माग अनुशार चाहेजति दिन नसक्दा सेवाग्रहीले शास्ती खेप्दै आएका छन् ।

प्रशासन कार्यालयले सिमित संख्यामा मात्रै राहदानी दिन थालेकोले समस्या हुँदै आएको थियो । जिल्लामा विद्युतीय राहदानी (ई-पासपोर्ट) माग अत्यन्तै धेरै छ । विद्युतीय राहदानी (ई-पासपोर्ट) सेवा लिन सक्कल नागरिता, शैक्षिक प्रमाणपत्र, बसाइसराइँको हकमा प्रमाणपत्र, बिह गरेको खण्डमा बिवाह दर्ताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । प्रशासन कार्यालयको राहदानी फाँटमा गइसकेपछि तिन चरणमा काम पुरा गरेपछि मात्रै विद्युतीय राहदानी (ई-पासपोर्ट) तयार हुन्छ । जसका लागि प्रशासनमा सुरुमा प्रि-इनरोलमेन्ट काम, फारम भेरिफाई गरेपछि राजश्व बुझाउनु पर्ने हुन्छ । त्यसपछि सोहि शाखामा रहेको दोस्रो स्टेशनमा फोटो खिचाएर थप भेरिफाइ भएपछि अर्को स्टेशनमा जानुपर्छ । अन्तिम चरणमा रहेको स्टेशनबाट प्रमाणीत गरेपछि विद्युतीय राहदानी (ई-पासपोर्ट) प्रिन्टका लागि राहदानी बिभागमा जाने गर्दछ । विकसित मुलुकहरुले विद्युतीय राहदानी (ई-पासपोर्ट) प्रयोग गर्नथालेपछि नेपाले पनि नयाँ पासपोर्ट दिन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्