हत्या अभियोगमा नुवाकोटका चार युवा पक्राउ



नुवाकोट,जेठ २१ । हत्या अभियोगमा नुवाकोटका चार युवा पक्राउ परेका छन् । जिल्लामा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले चार जना युवकलाई पक्राउ गरेको हो ।

विदुर नगरपालिका-९ खड्काथोकका २५ वर्षिय कुमार शिवभक्तिको हत्या अभियोगमा प्रहरीले एक जना धादिङका युवकसहित चार नुवाकोटका युवालाई पक्राउ गरेको बताइएको छ ।

मृतकको शव यहि जेठ १४ गते शंकास्पद अवस्थामा फेला परेपछि उनका भाई श्रीकृष्ण शिवभक्तिले दिएको किटानी उजुरी र अनुसन्धानका आधारमा चार जना युवकलाई पक्राउ गरेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

हत्या अभियोगमा पक्राउ परेका युवकहरुमा प्रहरीले धादिङको खनियावासका २४ वर्षिय सुनील तामाङ, नुवाकोटको विदुर नपा ९ का २० वर्षिय सन्दीप तामाङ, २५ वर्षिय विशाल तामाङ र २४ वर्षिय सरोज लामालाई पक्राउ गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्