नुवाकोटमा जेष्ठ नागरिक प्रतिष्ठानलाई टेलिभिजन प्रदान
नुवाकोट,जेठ २१ । जिल्लामा जेष्ठ नागरिक प्रतिष्ठानलाई टेलिभिजन प्रदान गरिएको छ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको देविघाट जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानलाई ग्लोवल आइएमई लघुवित्त रातमाटे शाखाले टेलिभिजन प्रदान गरेको हो ।
शुक्रवार एक कार्यक्रमको आयोजना गरि प्रतिष्ठानका अध्यक्ष विष्णु नेपाललाई ग्लोवल आइएमई लघुवित्त संस्थाका अनुगमन अधिकृत शशीकान्त न्यौपानेले ४३ ईन्चको स्मार्ट टेलिभिजन हस्तान्तरण गरेका हुन् ।
प्रतिष्ठानमा रहेका बृद्ध–बृद्धाहरुलाई समय बिताउन, मनोरन्जन र धार्मिक कार्यक्रम हेर्नका लागि सहज होस भन्ने हेतुले टेलिभिजन प्रदान गरिएको ग्लोवल आइएमई लघुवित्त रातमाटे शाखाका शाखा प्रमुख पुरुषोत्तम पन्तले जानकारी दिए । उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत प्रतिष्ठानलाई टेलिभिजन प्रदान गरेको जानकारी दिए ।

