रुपन्देहीको रोहिणी नदीमा यात्रुबाहक बस दुर्घटनाग्रस्त,९ जनाको मृत्यु
रुपन्देही,जेठ २२ । जिल्लाको रोहिणी नदीमा यात्रुबाहक रात्री बस दुर्घटनामा परेको छ ।
जनकपुरदेखि भैरहवा हिडेको बस रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लु २ ख ३८४१ नम्बरको उक्त बस आईतबार बिहान करिब ४ बजेर ३० मिनेट जाँदा नदीमा खसेको प्रहरीले बताएको छ ।
बसमा ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घाइतेहरुको उद्धार गरेर भीम अस्पताल र युनिभर्सल मेडिकल कलेज पुर्याइएको छ ।

