विश्व वातावरण दिवसको अवसरमा रेसुङ्गा वालउद्यानमा वृक्षारोपण
गुल्मी,जेठ २२ । विश्व वातावरण दिवसको अवसरमा गुल्मीमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–९ स्थित रेसुङ्गा वालउद्यान धारामुल सामुदायिक वनमा वृक्षारोपण गरिएको हो ।
‘पृथ्वीको संरक्षण ः दिगो प्रकृतिमैत्री जीवन यापन’ भन्ने नारा का साथ वालउद्यान पार्कमा तेजपत्ता, रिठा, चाप, कलक, देवदार धुपीलगायतका झण्डै १ सय वटा विरुवा रोपिएको डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत मुना शर्माले बताइन् । डिभिजन वन कार्यालयले जिल्ला भर डेढ लाख बहुवर्षिय विरुवा उत्पादन गरेको छ ।
मानवले प्रकृतिको दोहन गर्नाले बिभिन्न संकट आइलाग्ने गरेकाले त्यसको अत्यको लागि बोटविरुवा रोप्न र यसको संरक्षण गर्नु आबश्यक रहेको रेसुङ्गा नगरपालिका वडानम्बर–९ का वडाअध्यक्ष कृष्ण पोण्डेले बताए । डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले वातावरण स्वच्छ राख्न सबैले आ–आफनो ठाउँबाट सहयोग गरे सुन्दर स्वच्छ वातावरण राख्न सकिने बताए । विश्व वातावरण दिवसको अवसरमा सबैले आ–आफनो खाली ठाउँमा वृक्षारोपण गर्नुपर्छ भन्ने उदेश्यले वृक्षारोपण गरिएको सापकोटाले बताए । सबै वातावरण संरक्षणमा संलग्न छौं भन्ने उदेश्यले सवैले एउटा एउटा विरुवा रोपौं भनेर सांकेतीक रुपमा वृक्षारोपण गरिएको उनले बताए ।
मानवको बस्ती विकाससँगै बिभिन्न कारणले वातावरणीय क्षेत्रमा असर पर्दै जान थालेकाले संरक्षणमा सबैको ध्यान पु्ग्न जरुरी रहेको बताए । वातावरण स्वच्छ सुन्दर रहे हामी रहने हुँदा आफनो भन्दा पनि हाम्रो लागि वातावरण जोगाउनु यसलाई संरक्षण गर्नु आबश्यक रहेको सापकोटाको भनाई छ ।
विरुवा रोपणमा बिभिन्न कार्यालय, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधी, पत्रकारहरुले बिभिन्न जातका वृक्षा रोपण गरेका थिए ।

