राप्रपा खोटाङका पूर्व अध्यक्ष श्रेष्ठको निधन



काठमाडौं,जेठ् २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका निवर्तमान जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको दुर्घटनाको कारण मृत्यु भएको छ।

गएको शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको शपिङ कम्प्लेक्स अगाडी सडकमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाइते भएका श्रेष्ठको आज बिहान न्यूरो अस्पताल बाँसबारी, काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

रत्नपार्क जिरो प्वाइन्टबाट बजार जाँदै गरेको सो मोटरसाइकलले ठक्कर दिंदा श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट लागेको थियो।

प्रतिक्रिया दिनुहोस्