गुल्मीमा मृत अवस्थामा चितुवा फेला पर्यो
गुल्मी,जेठ २२ । गुल्मीमा छत्रकोटमा चितुवा मृत अवस्थामा फेला परेको छ ।जिल्लाको छत्रकोट गाउँपालिका वडानम्वर–३ लूम्छामा खरवारीमा मृत अवस्थामा चितुवा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिनुभयो ।
चितुवा के कारणले मरेको भन्ने खुलेको छैन् । इलाका वन कार्यालय रिडीको टोली सो स्थानमा पुगि अनुसन्धान गरीरहेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले बताउनु भयो ।
मृत अवस्थामा फेला परेको चितुवालाई कसैले मारेको वा आफै मरेको भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

